२ बैशाख २०७९, शुक्रबार

काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१औ जन्मजयन्ती काठमाडौंमा भव्यताका साथ समपन्न भएको छ । नेपाल जैन परिषद्को आयोजनामा बैसाख १ गते पूर्व उपप्रधामन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

२६२१औ जन्मजयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरी समेत गरिएको थियो । यस जन्मजयन्तीलाई हर्षोल्लासका साथ हरेक वर्ष देश तथा विदेशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा चैत्र शुक्ल त्रयोदशीका दिन मनाइन्छ ।

विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाइ ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् । साढे १२ वर्षसम्मको निरन्तर साधना गरी जनमानसमा ज्ञानको ज्योति फैलाउनु जैन धर्मका प्रर्वतक तथा भगवान महावीरले ठूलो भूमिका निभाएका थिए ।

यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तीमा राजधानीमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा बिदेशबाट जैन धर्मका विद्धान तथा अनुयायीको समेत बाक्लो उपस्थिति हरेको कार्यक्रम संयोजक सुमित जैनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV