२ बैशाख २०७९, शुक्रबार

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा बस्दा भोग्नुपर्ने विभिन्न समस्यालाई समेटेर तयार पारिएको लघु फिल्म ‘आधा सपना’ सार्वजनिक गरिएको छ ।

मकाउमा छायाङकन गरिएको लघु फिल्म ‘आधा सपना’ मा परदेशी जीवनको वास्तविक भोगाई अनि यथार्थ पीडालाई भिडियोमा देखाउन खोजेको निर्माता तथा निर्देशक तुला पर्वतले बताए ।

विदेशमा बस्दा, काम गरुन्जेली नै आफ्नो तन, मन सबै नेपालमा नै हुने, आफ्नो र विदेशमा बस्ने नेपाली दाजुभाईको भोगाईलाई जस्ताको त्यस्तै लघु चलचित्र ‘आधा सपना’ मार्फत् देखाउन खोजेको निर्देशक तुला बताउँछन् ।

मकाउँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको लघु चलचित्रमा सुरज अधिकारी, अमृत भण्डारी, सुस्मिता भण्डारी, सन्दीप लामिछाने र सीता पौडेलको अभिनय देख्न सकिन्छ । वाइडस्क्रिन मिडियामार्फत बजारमा ल्याइएको ‘आधा सपना’ मा निर्देशक तुलाकै छायाङकन, सम्पादन र संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV