१ बैशाख २०७९, बिहीबार
  • महेश्वर के.सी.

काठमाडौँ । काठमाडौँको टोखास्थित सपनतीर्थमा हरेक नयाँ वर्षको पहिलो दिन लाग्ने सपनतीर्थ मेलामा यसपटक पनि श्रद्धालुको घुँइचो लागेको छ ।

आज वैशाख १ गते बिहानैदेखि श्रद्धालुहरुको घुँइचो लागेको छ भने पोखरीमा स्नान गर्नेहरुको पनि भीड छ । छालासम्बन्धी सबै रोगबाट मुक्ति पाउने विश्वासका साथ सपनतीर्थ पोखरीमा स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

नयाँ वर्षको स्वागत आफ्नै मौलिक शैलीमा यहाँ मेला तथा जात्रा मनाउने चलन छ । टोखावासीले सपनतीर्थ मेलासँगै ऐतिहासिक विस्केट जात्रा पनि मनाउन सुरु गरेका छन् । टोखाको विस्केट जात्रा वैशाख १ गते सुरु भई वैशाख ४ गतेसम्म मनाउने गरिन्छ ।

 

 

 

LIVE TV