१ बैशाख २०७९, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनबीच चुनावी तालमेल नेपाली राजनीतिका लागि ठीक नभएको बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा आज काठमाडौंमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुबीच गठबन्धन हुनु र निर्वाचनमा तालमेल हुनु नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको बताएका हन् । तर पनि यो बाध्यता भएको र पार्टीको निर्णय भएकाले आफूले मान्नुपरेको उनको भनाइ थियो ।

उनले ठूलो दल भएर पनि गठबन्धनले कांग्रेसलाई त फाइदा नगर्ने तर अन्य दलहरुलाई पनि फाइदा नगर्ने बताए । उनले पार्टीको माथिल्लो तहबाट भएको सर्कुलरले स्थानीयस्तरमा तालमेल गर्नैपर्ने बाध्यता हुन नहुने पनि बताए । स्थानीयस्तर पार्टीहरुबीच कुरा मिलेमा तालमेल हुन पनि सक्ने तर माथिबाट थोपरेर नहुने, त्यस्तो सर्कुलर मान्न बाध्य नहुने उनको भनाइ थियो ।

जिल्ला र स्थानीय स्तरमा कार्यकर्ताले चुनावी तालमेल गर्दैनौं भन्दा माथिबाट हस्तक्षेप गर्न नहुने थापाको तर्क थियो । थापाले पार्टीभित्र पनि चुनावी तालमेलको आलोचना र खण्डन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV