३० चैत्र २०७८, बुधबार

एजेन्सी । केही दिन अगाडि मात्रै सामाजिक सञ्जाल ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीट गर्दै टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कले ट्वीटरको बोर्डमा सामेल भएको जानकारी दिएका थिए । यसैबीच एलोन मस्क फेरि एकपटक चर्चामा आएका छन् । एलोन मस्कमाथि ट्वीटरको शेयरमा ठगीको मुद्दा चलाइएको छ ।

एलोन मस्कविरुद्ध मुद्दा दायर

एलोन मस्कविरुद्ध अमेरिकी अदालतमा मुद्दा चलाइएको छ । जहाँ उनले ट्वीटरमा आफ्नो शेयरको घोषणा गर्नका लागि जानाजानी ढिलाइ गरेको आरोप लगाइएको छ । टेक क्रञ्चको रिपोर्ट अनुसार मार्च २४, २०२२ र १ अप्रिल २०२२ को बीचमा मार्क बेन रसेलाले सबै पूर्व ट्वीटर लगानीकर्ताहरूको तर्फबाट म्यानहट्टन संघीय अदालतमा मुद्दा दायर गरेका हुन् ।

ठगीको आरोप

मार्क बेन रेसेलाले टेस्लाका सीईओ एलोन मस्कले जानीजानी गलत र भ्रामक बयान दिएको र संघीय कानून अनुसार आवश्यक लगानीकाे जानकारी रोकेको आरोप लगाएका छन् । मस्कले आफ्नो लगानीको जानकारी लुकाएर ट्वीटरको धेरै सेयर सस्तोमा किन्नका लागि यस्तो गरेको उनको आरोप छ ।

एसईसीको लगानीकर्ताहरूले ५ प्रतिशतका थ्रेसहोल्ड पार गरेको १० दिनभित्र अनुसूची १३ फाइल गर्न आवश्यक छ, तर एलोन मस्कले ट्विटरमा ९.२ प्रतिशत हिस्सेदारी लिएनन् ।

मुद्दा दायर गर्ने व्यक्तिहरू भन्छन्, ‘मस्कले ट्वीटरमा आफ्नो लगानीको जानकारी समयमै दिएको भए हामीले आफ्नो सेयर नै बेच्ने थिएनौं ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV