२९ चैत्र २०७८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको भन्दै अहिलेको अवस्थामा सबैले संयमता अपनाउनुपर्ने बताए । उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए । उनले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा सामान्य भएको बताए ।

उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उनले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताए ।

पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिगत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV