२९ चैत्र २०७८, मंगलवार

काठमाडौं । कहिले काँही कुनै तस्वीरमा देखिएको कुरा वास्तवमा सत्य हुँदैन । त्यसलाई बुझ्नका लागि हामीले हाम्रो दिमागमा केही जोड लगाउनुपर्छ । त्यस्ता तस्वीरहरूलाई ‘अप्टिकल इल्युजन भनिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न किसिमका अप्टिकल इल्युजन तस्वीरहरु भाइरल भइरहेका छन् । नेटिजन्सले पनि यस्ता तस्वीरमा केही सेकेन्ड रोकिएर प्रश्नको समाधान खोज्ने प्रयास गर्ने गर्छ । आज सोही अप्टिकल इल्युजन तस्वीरको बारेमा कुरा गर्दैछौं ।

अप्टिकल इल्युजन तस्वीर भयो भाइरल

सामाजिक सञ्जालमा भाइरल भएको एक अप्टिकल इल्युजन तस्वीरले सबैलाई स्तब्ध बनाएको छ । उक्त तस्वीर द ब्लोन्डी ब्वाइज शट्र्स नामका ब्लगरले सेयर गरेका हुन् । तस्वीरमा पहिलो नजरमा धेरैले सेतो लुगामा मानिसहरू उभिरहेका देखे, जबकि अरूले उही तस्वीरमा पहिले झरना देखे ।

तस्बिर सेयर गर्दै भ्लगरले लेखेका छन्, ‘यदि तपाईंले पहिले झरना देख्नुभएको छ भने, यसको मतलब तपाईं मानिसहरूसँग सजिलै घुलमिल हुनुहुनेछ ।’

द ब्लोन्डी ब्वाइज शट्र्सले व्याख्या गरे अनुसार यदि तपाईंले तस्वीरमा पहिलो पटक झरना देख्नुभयो भने यसले तपाईं समाजका मानिसहरूलाई समय दिनुहुन्छ भन्ने देखाउँछ । तर, तपाईंले आफ्नो लागि समय खर्च गर्ने मौका पाउनुभयो भने तपाईं पहिले त्यहाँ जान चाहनुहुन्छ भन्ने देखाउछ ।

ब्लगरले थप ब्याख्या गरे अनुसार यदि तपाईंले झरनाको सट्टा सेतो लुगामा मानिसहरू देख्नुभयो भने यसको मतलब तपाईं अहिले जीवनमा हराएको महसुस गर्दै हुनुहुन्छ र तपाईं कहाँ जाँदै हुनुहुन्छ भन्ने थाहा छैन । तर सकारात्मक पक्ष यो हो कि तपाईं जीवनमा आफ्नो लक्ष्य हासिल गर्न कटिबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV