२९ चैत्र २०७८, मंगलवार

काठमाडौं । युवा गायक मनोज श्रेष्ठ (जेन) को स्वर, शब्द र संगीतमा समावेश ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।

काठमाडौंको गोकर्णेश्वर नजिकै रहेको जग्डोल पार्कमा छायाँकन गरिएको यस भिडियोमा सुवास शाह र एलिशिबा फुँयालबीचको अनस्क्रीन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । मिराज अर्यालले छायाङ्कन गरेको भिडियोलाई सुसवास शाहले सम्पादन गरेका हुन् ।

फोर बी पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोलाई प्रोमोशन नेपालसँगको सहकार्यमा तयार पारिएको हो । विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’मार्फत् भिडियो सार्वजनिक गरिएको हो । गायक श्रेष्ठले यसअघि ‘अँध्यारोु’बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV