२९ चैत्र २०७८, मंगलवार

काठमाडौं । न्युज २४ टेलिभिजन मिडिया कप फुटसल प्रतियोगिताको फाइनमा पुगेको छ ।

ललितपुरस्थित च्यासलमा मंगलबार बिहान भएको खेलमा पत्रकार महासङ्घ कास्की शाखालाई ७-२ गोल अन्तरले पराजित गर्दै न्युज २४ फाइनलमा प्रवेश गरेको हो ।

अब, उपाधिको लागि न्युज २४ले पत्रकार महासङ्घको ललितपुर शाखा र शिलापत्र डटकमको विजेतासँग खेल्ने छ । अहिले ललितपुर शाखा र शिलापत्रबीचकाे खेल भइरहेकाे छ । फाइन खेल आजै हुनेछ ।

न्युज २४ले आफ्नो पहिलो खेलमा इकाजग डटकमलाई १७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद सुरु गरेको थियो । क्वाटरफाइनलेमा न्युज २४ ले खेलकुद पत्रकार मञ्चलाई ६-४ गोल अन्तरले पराजित गरेको थियो ।

नेपाल खेलकुद पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गरेको हो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV