२८ चैत्र २०७८, सोमबार
  • काठमाडौं । लगातार दोस्रो जित सँगै न्यूज २४ नेपाल मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार ललितपुरस्थित च्यासलमा भएको आफ्नो दोस्रो खेलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ६–४ गोल अन्तरले पराजित न्यूज २४ सेमिफाइनल प्रवेश गरेको हो ।

अघिल्लो खेलमा इकाजग डटकमलाई शुन्यकाबिरुद्ध १७ गोलको लामो अन्तरले पराजित गर्दै न्यूज २४ नेपालले सुखद यात्रा सुरु गरेको थियो । सुरुवाती एक शुन्यले पछि परेको अवस्थालाई उल्ट्याउँदै न्यूज २४ ले उत्कृष्ट पुनरागमन जित निकालेको हो । यो सँगै न्यूज २४ ले मंगलबार बिहान सेमिफाइनको खेल खेल्नेछ ।

नेपाल खेलकुद पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गरेको हो ।  २ दिन चल्ने प्रतियोगिताको फाइनल खेल पनि मंगलबार नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV