२८ चैत्र २०७८, सोमबार

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्धितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।

यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गर्नुभएको बताएको छ ।

उनको मेरुदण्डको हड्डीमा समस्या भएपछि तत्काल सल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका थिए । उहाँको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्धितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिनुभएको छ ।

सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ ।

राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उहाँलाई सपथ गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV