२८ चैत्र २०७८, सोमबार
  • साधन राम्जाली

म्याग्दी । नेपाल छन्त्याल संघको अध्यक्षमा पुनःमनमोहन बुढाथोकी छन्त्याल निर्वाचित भएका छन् । म्याग्दी सदरमुकाम बेनीमा आइतबार राति सम्पन्न नेपाल छन्त्याल संघको ७औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित भएका हुन् ।

आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजकचित्र घरब्जा छन्त्यालले बताए । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मनमायाँ छन्त्याल १ सय ८५ प्राप्त गरी निर्वाचित भएकी छन् ।

यसैगरी, कार्यसमितिको पाँच उपाध्यक्षमा हरिचन छन्त्याल (खुल्ला), यमुना छन्त्याल (महिला) , खिमबहादुर छन्त्याल (गण्डकी प्रदेश ), लोकप्रसाद छन्त्याल (लुम्बिनीप्रदेश) र चक्रबहादुर घरब्जा छन्त्याल (बागमती प्रदेश) मा निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कृष्णबहादुर छन्त्याल, कोषाध्यक्षमा शिवप्रसाद छन्त्याल, उपमहासचिवमा घनबहादुर छन्त्याल, सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल, सचिवमा यमप्रसाद छन्त्याल, महिला सचिवमा थममाया छन्त्याल सर्वसम्मत चयनभएका छन् ।

सदस्यहरुमा तीन खुल्ला सदस्यहरु मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजयी भएका छन् ।महाधिवेशनबाट पदाधिकारी र सदस्यहरु सहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका निर्वाचन समितिले जनाएको छ ।

म्याग्दीको मालिकागाउँपालिका वडा नम्बर ४ निवासी अध्यक्षमा निर्वाचित छन्त्यालले आफ्नो अधिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताए । सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनमा जान बाध्यभएको अध्यक्ष छन्त्यालल बताए । उनले संघको विद्यानअनुसार छन्त्याल जातिको हक अधिकारको लागि आफूले सधैं आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

एनले छन्त्याल जातिको भाषा, कला, भेषभुषा, संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्न पहलगर्ने बताए । ‘यो थप जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्नगर्नेछु, थप केही योजनासहित आउने प्रतिबद्धता जनाउँछु’ अध्यक्ष छन्त्यालले भने ।

कुलतीन सय ८५ मध्ये तीन सय ३२ मत खसेको थियो । महाधिवेशनको गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए ।

यसैबीच छन्त्याल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा म्याग्दीका अमर भलम्जा छन्त्याल चयन भएका छन् । बेनीमा सम्पन्नसंघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका –८, कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV