२७ चैत्र २०७८, आईतवार
  • युवराज आचार्य,

झापा । झापाको गौरादह नगरपालिकामा एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–५ कि ४० बर्षीया मनमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।

आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी थापालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV