२७ चैत्र २०७८, आईतवार

काठमाडौं । संघिय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानसहित राज्यहरु स्थापना गर्नको लागि सदन र सडकबाट संघर्ष गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको सुन्धारास्थित एशियन पार्टी प्यालेशमा आयोजित प्रादेशिक समिति गठन गर्दै अध्यक्ष लिङ्देनले बाँकी उपलब्धि हासिल गर्न संगठन प्रतिबद्ध भएर लागी परिरहेकोसमेत दावी गरेका छन् ।

मुलुक स्थानीय तहको निर्वाचनमा होमिएसंगै दलहरुले चुनाव लक्षित कार्यक्रम तिव्र बनाउदै लगेको अवस्थामा संघिय लोकतान्त्रिक मञ्चले पनि संगठन बिस्तार तथा आफ्ना गतिविधिहरु बढाएको हो ।

उक्त कार्यक्रमले अबिनाश गोलेको संयोजकमा ५१ सदस्सिय प्रदेश– ३ समितिसमेत गठन गरेको छ । मञ्चले प्रादेशिक समिति अन्तर्गत प्रदेश–३ समिति गठन गरेको हाे। कार्यक्रममा सिन्धुपाल्चोक, रामेछापसहित उपत्यकाका जिल्लाहरुका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

समिति गठन कार्यक्रमा ताम्सालिङ र उपत्यका समितिका समितिका प्रतिनिधि लगायतले सुभकामना मन्तब्य राख्दै जनताले सामाजिक न्याय नपाएसम्म आर्थिक बिकास हुन नसक्ने जिकिर गरेका थिए ।

त्यस्तै संगठनलाई चुस्त र दुरुस्त बनाउदै पहिचान सहितको संघिय राज्य स्थापना गर्न र प्रदेश–३ लाई सांगठानिक रुपले मजबुद बनाउदै लैजाने नवनिर्वाचित गोलेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यका समितिको व्यवस्थापनमा समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चले लामो समयदेखि पहिचान सहितको संघियता, धर्म निरपेक्ष, समावेसी र समानुपातिक नुपातिकको मुद्धा उठाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV