२७ चैत्र २०७८, आईतवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्परले सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई सानदार जित दिलाउनको लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिक गरे । एक गोल डिजान कुलुसेभ्स्कीले थपे ।

खेलको तेस्रो मिनेटमा नै ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई ३–० ले अघि बढ्यो । ७१औं मिनेटमा डिजान सनले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई फराकिलो जित दिलाए ।

यो जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित एस्टन भिल्ला ३१ खेलबाट ३६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV