२७ चैत्र २०७८, आईतवार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा बेंगलोरले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो । यो बेंगलोर तेस्रो जित हो । पाँच पटकको च्याम्पियन मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।

१ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितका अनुज रावतले सार्वधिक ६६ रन जोडेका थिए । उनले ४७ बलमा २ चौका र ६ प्रहार गरेका थिए ।

विराट कोहलीले ३६ बलमा ५ चौकासहित ४८ रनमा आउट भए । कप्तान फाफ डु प्लेसिस २४ बलमा १ चौकासहित १६ रनमा आउट भए । दीनेश कार्तिक ८ रनमा आउट भए । मुम्बईका जयदेव उनादकट र डेवाल्ड ब्रेभिसले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिल ब्याटिङकोे निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ६८ रनको अविजित इनिङ खेलेका थिए ।

सूर्य बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । दुबै ओपनर ईशान किशन र रोहित शर्मा २६-२६ रनमा आउट भए । डेवाल्ड ब्रेभिस ८, काइरन पोलार्ड र तिलक बर्मा शून्यमा आउट भएका थिए ।

योसँगै बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । समान ४ खेल खेलेको मुम्बई नवौं छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV