२६ चैत्र २०७८, शनिबार

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूरको घरमा चोरीको भएको छ । अभिनेत्री सोनम र उनका श्रीमान आनन्द आहुजाको दिल्लीस्थित घरबाट करोडौंको गर–गहना र नगद चोरी भएको हो । सार्वजनिक रिपोर्टका अनुसार दिल्लीस्थित अमृत शेरगिलमार्गमा रहेको सोनम–आनन्दको घरबाट २ करोड ४ लाख बराबरको गर–गहना र नगद चोरी भएको हो ।

उक्त घरमा आनन्द आहुजाका बुबा हरिष आहुजा, आमा प्रिया आहुजा र हजुरआमा सरला आहुजा बस्दै आएका थिए । सार्वजनिक रिपोर्टका अनुसार यो घटना गत फेब्रुअरीको हो । २३ फेब्रुअरीमा दिल्लीस्थित तुगलक रोड थानामा उजुरी दिइएको थियो, भने २३ फेब्रअरीमा दिल्ली पुलिसले एफआईआर दर्ता गरेको थियो ।

जानकारी अनुसार २२ फेब्रुअरीमा आमा सरला आहुजाले आफ्नो गरगहना र नगद राखिएको झोला (ब्याग) चेक गर्दा खाली भेटेकी थिइन् । उक्त झोलामा १ करोड ४१ लाख रुपैयाँ बराबरको गर–गहना र नगद राखिएको थियो ।

अहिलेसम्ममा दिल्ली पुलिसले एफआईआर दर्ता गरेपछि करिब २५ जनासँग सोधपुछ गरिसकेको छ, जहाँ घरका स्टाफ समेत रहेका जानकारी गराइएको छ । सरला आहुजाको घरमा केही पुराना कामदार छोडेर गएका छन्, भने उनीहरुको ठाउँमा नयाँ कामदारहरु आएका छन् । अहिले दिल्ली पुलिसले सीसीटीभी फूटेज हेरेर अनुसन्धान गरिरहेको बताएको छ ।

अभिनेत्री सोनम कपूर र आनन्द आहुजा भने मुम्बईमा रहँदै आएका छन् । अभिनेत्री सोनम चाँडैनै आमा बन्नेवालामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV