
- ललिता साह,
सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । शुक्रबार शाखा सदस्य समेत रहेका मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आवास गृहको शिलान्यास गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले आफ्नै कार्यालय प्राङगणमा रहेको खाली जग्गामा भवन निर्माण गर्न लागेको शाखाका सचिव रामनारायण विश्वासले जानकारी गराए ।
आवासको लागि विगतमा प्रदेश सरकारसँग ३५ लाख रकम माग गरिएको थियो । योजना स्वीकृत गरी प्रदेश सरकारले यसवर्ष २५ लाख रकम छुट्याएको हो ।
राजविराज नगरपालिकाले प्रदान गरेको १५ धुर जग्गामा एक दशकअघि आफ्नै दुई तल्ले भवन निर्माण गरी शाखाले कार्यालय सञ्चालन गर्दै आएको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।