२५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेतीलाई अहिले भिडियो खेल्न भ्याई–नभ्याइ छ । उनै उषाको अभिनय रहेको ‘रेशमैको डोरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उषासँगै मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

बहुचर्चित गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायक निमा शेर्पाको स्वर रहेको छ । सार्वजनिक गीतमा प्रेम रोमान्समा डुब्ने एक जोडीको रमाइलो प्रेम कथालाई कलात्मक शैलीमा देखाइएको छ ।

गायक शेर्पाले निकै मेहेनत गरेका गीत जति हेर्यो उती हरौँ हेरौँ लाग्ने खालको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोले प्रेमीले सारा जिन्दगानीसँगै खुशी बिताउने कुराको वर्णन गरेको छ ।

यसअघि पनि हिट गीतहरु दिएका गायक, गीतकार तथा संगीतकार शर्माका मिठा शब्दले भरिएको गीतबाट आँफूले निकै आशा गरेको उनी बताउँछन् ।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV