२५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरु निकट कानून व्यवसायीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् ।

घिमिरेले ४४७४ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे । त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याएका छन् । अध्यक्षमा विजयी भएपछि घिमिरेले भ्रष्ट्राचारमुक्त स्वच्छ न्यायलय बनाउन प्रतिवद्ध रहेको धारणा राखे । आफ्नो कार्यकार बार र न्यायलय सुधारका लागि केन्द्रित हुने उनले बताए ।

बारको चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV