२५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ७२८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र १ हजार ६२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७०४ पुगेको छ । सोही अवधिमा २६ हजार ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ६ सय ६९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८९ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख ११ हजार ८७७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV