२५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ । शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो ।

त्यसअघि होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । विवाद बढ्दै गएपछि कोषले मूल गेटमा ताला लगाएको हो ।

कोषले चैत्र १७ गते सम्झौता बिपरितको काम गरेको भन्दै होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो भने सोमबार पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV