
एजेन्सी । बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु टोली फ्रान्कफुर्टका लागि अन्सगर नाफले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काए । ४८औं मिनेटमा अन्सगर नाफको गोलबाट फ्रान्कफुर्टले अग्रता लिएको थियो । बार्सिलोनाले ६६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।
यो बराबरीसँगै दुवै टोलीले सेमिफाइनल पुग्ने समिकरण रहँदा बार्सिलोनालाई अवे गोलको फाइदा हुन सक्नेछ । दोस्रो लेग १४ अप्रिलमा बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ ।