२४ चैत्र २०७८, बिहीबार

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको विवाहको खबर यतिबेला चर्चामा छ । लामो समयसम्म प्रेम सम्बन्धमा रहेका यी जोडीले अबको केही दिनमै वैवाहिक बन्धनमा बाँधिदैछन् । पछिल्लो समय रणवीर र आलियाको विवाहलाई लिएर विभिन्न अपडेटहरु आइरहेका छन् । अहिले उनीहरुको विवाहको तयारी गोप्य रुपमा भइरहेको बताइएको छ ।

ई–टाइम्सले आफ्नो एक रिपोर्टमा रणवीर कपुर र आलिया भट्टले पञ्जाबी शैलीमा विवाह गर्ने खुलासा गरेको छ । उनीहरुको विवाह यही अप्रिल १३–१४ देखि सुरु हुने बताइएको छ । रणवीर–आलियाको विवाहका लागि चेम्बुरको आरके बंगलालाई सजाइँदैछ । उक्त तयारी गोप्य रुपमा भइरहेको बताइएको छ ।

रिपोर्टका अनुसार आलिया र रणवीरले १७ अप्रिलमा आरके बंगलामा सात फेरे लिनेछन् । कपूर परिवार आफ्नो परम्परासँग धेरै जोडिएको छ । सोही कारणले गर्दा रणवीरले आफ्नो विवाहका लागि आरके बंगला नभई पाँच तारे होटल वा रिसोर्ट रोजेका हुन् ।

स्रोतका आधारमा एक रिपोर्टमा भनिएको छ, ‘कपूर परिवारका लागि परिवार भनेको सम्पूर्ण संसार हो । कपूर परिवारका लागि यो पुस्ताको यो अन्तिम विवाह हो । त्यसैले उनीहरू यसलाई आफ्नो जरालाई नजिकै राख्न चाहन्छन् ।’

‘इन्डिया टुडे’को रिपोर्ट अनुसार रणवीर र आलियाको विवाहमा सञ्जय लीला भन्साली, वरुण धवन, अयान मुखर्जी, जोया अख्तर, अर्जुन कपुर, मसाबा गुप्ता, शाहरुख खानलगायतलाई निम्तो दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV