
कैलाली । सडकमा गुड्ने सवारी साधनहरू छेकेर थारू महिलाहरूले पैसा उठाइरहेका छन् । कैलालीको जोशीपुर गाउँपालिकाको बजारदेखि भजनीसम्म जोड्ने सडकमा उनीहरूले रसी (डाेरी) तेर्साएर अवराेध गर्दै पैसा उठाउने गरेका छन् ।
थारू समुदायको चिराकी पर्वको अवसर पारेर महिलाहरुले यसरी बाटो छेक्दै पैसा उठाउने गरेका छन् ।
तस्वीर : झलनाथ खनाल/रासस