२४ चैत्र २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाने भएका छन् । अध्यक्ष ‘प्रचण्ड’ सहिद गेटको उद्घाटन गर्न त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

१० वर्षे जनयुद्धका क्रममा सदाहत प्राप्त गर्ने सहिदहरुको सम्झनामा स्मृति गेट निर्माण गरिएको छ । सिरहा प्रचण्डको पूर्वनिर्वाचन क्षेत्रसमेत रहेकाे जिल्ला हाे । उनी २०७० सालको संविधानसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर ५ बाट बिजयी भइ स‌विधानसभा सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV