२३ चैत्र २०७८, बुधबार

दोलखा । दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ । ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो ।

वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस वर्षबाट दोलखामा यो नाच ल्याइएको संस्कृतिबिद्को भनाइ छ ।

नाँच अन्तर्गत विधिपूर्वक पूजा गरी देवगणहरुले राजकुलेश्वरस्थित तलेजु मन्दिर नजिकैको चक्र डबलीमा पौराणिक नाच प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV