२३ चैत्र २०७८, बुधबार
  • नवराज घिमिरे,

नुवाकोट । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै ककनी गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र्र), नेकपा (एमाले), एकीकृत समाजवादी र राप्रपा चुनावी मैदानमा उत्रिने भएका छन् ।

विगतमा गुमेको साख फर्काउन यसपाली नेपाली काग्रेस कम्मर कसेर लागेको बुझिन्छ । अन्य पार्टीसँगको प्रतिस्पर्धामा कांग्रेसले आफूलाई बलियो जनमतमा उभ्याएको छ । विगतमा माओवादीले जितेको ककनीमा यस पटक कांग्रेसले लोकप्रिय मत हासिल गरी विजय हुने बुझिन्छ ।

तर, गठबन्धनको तालमेलले टिकट कसले पाउने भन्ने कौतुहल आम कार्यकर्तामा छ । गठबन्धनले कार्यकर्ताको उत्साहमा कमी मात्र ल्याएको छैन, ठूलै हलचल पैदा गरेको छ । यसै मेसोमा चैत २१ गते नेपाली काग्रेसको ककनी गापा स्तरीय बैठक गापा कार्यलय रानिपौवामा बसी गठबन्धनमा नजाने निर्णय गरेको अध्यक्ष भाग्यश्री लामा बताउँछन् ।

बैठक सभापपति भाग्यश्री लामाको अध्यक्षतामा बसेको थियो । आकांक्षीहरु पनि बढेका छन् । ऋषि कुमार तमाङ्ग, भाग्यश्री लामा, नवराज घिमिरे, श्रीरा ढुङ्गाना, दीपेश लामा बिष्णु गुरुङ्ग र राजन नेगीलगायतका आकांक्षी रहेका बुझिन्छ ।

ऋषि कुमार तमाङ्ग,

तमाङ्ग, पेशाले पर्यटन ब्यवसायी हुन् । उनी विगत लामो समयदेखि पर्यटन क्षेत्रका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । नेपाली काँग्रेसको माहाधिवशन प्रतिनिधि तथा माहासमिति सदस्य समेत भइसकेका तमाङ्ग १४ औं माहाधिवेशनमा क्षेत्र नं. १ प्रदेश ‘ख’का सभापतिका प्रत्यासी पनि हुन् ।

उमेरले ५० टेकेका तमाङ्ग बाँकी जीवन जनताकै सेवामा विताउने प्रणका साथ पार्टीमा क्रियाशील रहने बताउछन् । उनि केसी प्यानलसँग निकट छन् ।

भाग्यश्री लामा,

लामा, जनजाती सघं नुवाकोटका अध्यक्ष छन् । मिलनसार ब्यवहार र सरल ब्यक्तित्व लामा नेपाली काँग्रेस ककनी गापाको सभापति पनि हुन् । १२ औं माहाधिवेशनको माहासमिति सदस्य समेत भएका लामा २०४६ को जनआन्दोलनका घाइते पनि हुन् । उनी पनि केसी प्यानलसँग नजिक रहेको बुझिन्छ ।

नवराज घिमिरे

घिमिरे, ककनीका युवा नेतामा परिचित नाम हो । नेपाली काँग्रेस नुवाकोटका जिल्ला कार्यसमिति सदस्य रहेका घिमिरे महत प्यानलको पनि प्रकाश शरण महत निकट मानिन्छन् ।

श्रीरा ढुङ्गाना,

ककनीको पुराना इमान्दार नेताका रुपमा परिचित छन् ढुङ्गाना । १४ औं माहाधिवेशनमा उनी केन्द्रीय माहाधिवेशन प्रतिनिधिका प्रत्यासी थिए । उनी पनि हाल केसी प्यानल सँग नजिक रहेको बुझिन्छ ।

दीपेश लामा,

महत खेमासँग निकट लामा पेशाको हिसाबले निर्माण ब्यवसायी हुन् । यसअघि स्थानीय निर्वाचनमा अध्यक्षका प्रत्यासी लामा हाल जिल्ला कार्यसमिति सदस्य हुन् ।

बिष्णु गुरुङ्ग,

नुवाकोटका स्थानीय नेताका रुपमा परिचित बिष्णु गुरुङ्ग नेपाली कांग्रेसको १३ औं माहाधिवेशनमा जिल्लाकार्यसमिति सदस्य भएका थिए । काँग्रेस नेता गुरुङ्ग १४ औ माहाधिवेशनमा भने क्षेत्रीय प्रतिनिधि बनेका थिए । उनी पनि केसी प्यानलसँग नजिक रहेको बुझिन्छ ।

राजन नेगी,

अध्यक्षका अर्का प्रत्यासी नेगी पेशाले कृषि कार्यमा आबद्ध छन् । नेपाली कांग्रेसको १४ औ माहाधिवेशनमा नेगी क्षेत्रीय प्रतिनिधि भएका थिए । उनी पनि केसी प्यानलसँग निकट मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV