२३ चैत्र २०७८, बुधबार
  • विनय तिम्सीना,

इलाम । इलाम र पाँचथरका डाँडाकाँडा यतिबेला ढकमक्क गुराँस, चिमाल र चाँप फुलेर वनै सुगन्दित बनाएको छ । पाँचथरको पौवाभञ्ज्याङबाट पद यात्रामा निस्कने हो भने हामीले इलामको सन्दकपुरसम्म प्रकृतिसँग रमाउन सक्छौं ।

मनोरम दृष्य अवलोकन गर्नका लागि पौवाभञ्जायाङबाट तीन दिनको पैदल यात्रामार्फत् सन्दकपुर पुग्न सकिन्छ । पौवाभञ्ज्याङबाट सुकेपोखरी, लोकिल, पाटेनगी, विखेभञ्ज्याङ, थाम, छिन्तापु, तालपोखरी, गोरुआले भञ्ज्याङ, हर्कटेथाम, लामपोखरी, धुपी, आलभञ्ज्याङ हुँदै सन्दकपुर पुग्न सकिन्छ ।

पौवाभञ्ज्याङबाट शुरु गरेको यात्रामा पहिलो दिन सुकेपोखरीमा बास बसेर दोस्रो दिन रमाइला डाँडाकाँडाको दृष्य अवलोकन गर्दै छिन्तापुमा बास बस्न पुगिन्छ । इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापुबाट प्रदेश नम्बर एकका सबै जिल्लाहरु नियाल्न सकिन्छ, साथै हिमालहरुको अवलोकन पनि गर्न सकिन्छ ।

तेस्रो दिनको यात्रामा सन्दकपुर पुग्न सकिन्छ । नेपाल, भारत, भूटान र चीनका विभिन्न हिमालहरुको अवलोकन गर्न सकिने इलामको सन्दकपुर ३६३६ मिटरको उचाइमा रहेको छ । नेपाल–भारतको सीमामा रहेको सन्दकपुरबाट सूर्योदयको दृष्य पनि अवलोकन गर्न सकिन्छ ।

सन्दकपुर जानका लागि इलामबाट सवारी साधनको पनि व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV