२३ चैत्र २०७८, बुधबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८०७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० जना र १ हजार ४४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएका छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६८५ पुगेको छ । सोही अवधिमा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ सय ६५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५७ जना संक्रमितहरु निको भएका छन्, भने कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV