२३ चैत्र २०७८, बुधबार

काठमाडौं । छिमेकी राष्ट्र भारतले थप ३२५ मेगावाट विजुलीलाई आफ्नो बजारमा बेच्न अनुमति दिएको छ । बुधबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले थप ३२५ मेगावाट विजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी गराएकी हुन् ।

मन्त्री भुसालका अनुसार भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिरकण अन्तर्गतका थप तीन र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको विजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्केटमा प्रवेशको अनुमति दिएको हो ।

मन्त्रालयका अनुसार भारतले आफ्नो बजारमा १४४ मेगावाटको काली गण्डकी ‘ए’ जलविद्युत आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट र ग्रीनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई बेच्न अनुमति दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV