२३ चैत्र २०७८, बुधबार

काठमाडौं । यात्रुको स्वास्थ्यमा समस्या आएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरिएको छ ।

धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको २५२ उडान नम्बरको जहाज आकस्मिक रुपमा नेपालगञ्ज विमानस्थमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

जहाजमा रहेका यात्रुको स्वास्थ्यमा एक्कासी समस्या आएकाले अवतरण गर्नु परेको बुद्ध एयरको दाबी छ । नेपालगञ्जमा अवतरणपछि विरामी यात्रुको स्वास्थ्य जाँच गरेर ती यात्रुलाई बाहिर निकालेको जनाइएको छ ।

हाल बिरामीको अवस्था सामान्य रहेको बताइकोछ । बिगत देखि नै बुद्ध एयरमा समस्या हुने घटना दोहोरिदै आइरहेको थियो । तर यो पटक भने यात्रुको स्वास्थ्यमा समस्या भएकाले तत्काल अवतरण गर्नुपरेको बुद्ध एयरको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV