२२ चैत्र २०७८, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नुपर्ने बताएका हुन् । उनले फरक फरक भूमिकामा रहेकाहरुले पनि मुलुकलाई समृद्धको बाटोमा अघि बढाउन एकताबद्ध हुनुपर्ने धारणा राखे ।

१० वर्षमा धनी र सुन्दर शान्तिको देश बनाउनका लािग पनि अग्रसर हुनुपर्ने उनको भनाइ छ । उनले मुलुकलाई अघि बढाउन देखिने चूनौतीहरुलाई पनि समाधान गर्दै लैजानुपर्ने जिकिर गरे ।

उनले समृद्धिबिना समाजलाई गतिशीलता दिन नसक्ने भन्दै जनताको आकांक्षालाइ पुरा गर्न संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सरकार प्रतिबद्ध रहको उल्लेख गरे ।

कार्यक्रममा फोनिज र सञ्चारीका समूहको नयाँ नेतृत्व लगायतलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV