२२ चैत्र २०७८, मंगलवार

काठमाडौं । कीर्तिपूरको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गरेका हुन्।

सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै सीमा भन्सारबाट आयात भएका सामानहरु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास हुनेछ । जाँचपासको व्यवस्थाले यसअघिदेखि व्यवसायीहरुले झेल्दै आएको झन्झड अन्त्य भएको छ ।

यसअघि सडकमै भन्सार जाँचपास हुने गरेको थियो । तर, चोभार सुक्खा बन्दरगाहको उद्घाटननसँगै अब मालवाहक सवारी बन्दरगाहमा दर्ता गरिने, पार्किङ गरिने र आवश्यकताअनुसार गोदामको समेत प्रयोग गर्न सकिने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV