२२ चैत्र २०७८, मंगलवार

काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी छात्राको उदयपुर बेलका नगरपालिका ३ मा हत्या भएको छ । बिहान ४ बजे नै घरबाट विद्यालय हिँडेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा हत्या भएको र अनुसन्धानपछि विस्तृत जानकारी दिइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV