२२ चैत्र २०७८, मंगलवार

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन सांस्कृतिक विभाग र मिथिला आर्ट ग्यालरीको संयुक्त आयोजनामा ‘हिमाल पहाड तराई कोही छैन पराई’ शीर्षकमा प्रदर्शनी सुरु भएको छ ।

चैत १५ गतेदेखि ‘मिथिला यें आर्ट ग्यालरी’मा सुरु भएको प्रदर्शनीमा नेपालका नौजना र भारतका दुईजना गरी ११ जनाको २७ वटा मिथिला कलाहरू राखिएको ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले बताए । प्रदर्शनी भोलिसम्म चल्ने उनले बताए । प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति किरण मानन्धरले गरेका थिए ।

प्रदर्शनीमा हालसम्म २०० जना अवलोकनकर्ताले अवलोकन गरिसकेका छन् । अवलोकनकर्तामा अधिकांश विदेशीहरु रहेको बताइएको छ । ठमेल क्षेत्रमा ग्यालरी भएको हुनाले विदेशी अवलोकनकर्ताहरु आउने गरेको सञ्चालकले बताए । उनका अनुसार प्रदर्शनीमा राखिएका मिथिला कलाले गाउँघरका पृष्ठभूमि लगायत मिथिला संस्कृतिलाई पूर्णरुपमा झल्काएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV