२२ चैत्र २०७८, मंगलवार
  • मुस्कान श्रेष्ठ

वीरगंज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज आउने भएका छन् ।

वीरगंजको घण्टाघरस्थित वीपी उद्यानमा हुन लागेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली वीरगंज आउन लागेको एमाले प्रचार समितिका संयोजक विचारी यादवले बताए ।

ओली काठमाडौंबाट बाराको सिमरा एयरपोर्टबाट वीरगंज आउने र त्यहाँबाट मोटरसाईकलले स्कर्टीङ गरेर वीरगंज ल्याउने तयारी भएको संयोजक यादवले जानकारी दिए । उनले पार्टी अध्यक्ष अ‍ोलीको वीरगंज आगमन ऐतिहासिक हुने बताए ।

कार्यक्रममा सयौँले पार्टी प्रवेश गर्ने यादवको भनाइ छ । पछिल्लो समय मधेशमा एमाले प्रवेश गर्ने लहर चलेको भन्दै एमाले पार्टी मधेशमा पनि बलियो र लोकप्रिय पार्टीको रुपमा स्थापित भएको यादवले बताए ।

आगामी स्थानीय तहको चुनावमा पाँच दल मिलेर आएपनि एमालेलाई कसैले हराउन नसक्ने उनको दाबी छ । ओलीसँगै एमालेका शीर्ष नेताहरु समेत वीरगंज आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV