२२ चैत्र २०७८, मंगलवार

एजेन्सी । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ ।

मिलान घरेलु मैदानमा बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान मिलानोमा सोमबार राति भएको खेलमा मिलानले पाहुना टोलीलाई दवावमा राखेपनि गोल गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बरारबीसँगै शीर्षस्थानमा रहेको मिलानले एक अंकको अग्रता लिएको छ । मिलानको ३१ खेलबाट ६७ अंक छ ।

समान खेलबाटै दोस्रो स्थानको नेपोलीको ६६ तथा एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंक छ । बोलोग्ना ३० खेलबाट ३४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV