२१ चैत्र २०७८, सोमबार

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृखंलाको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाउन सफल भएको थियो ।

खेलामा नेपालका तर्फबाट दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए । खेलमा करण केसीले क्रमक ब्याटिङ
गरेका थिए । नेपालका लागि दीपेन्द्रले ३८ बलकम ५ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन बनाए । यस्तै, रोहित पौडेल २ रनमा आउट भए । आरिफ शेख र दीलिप नाथले खाता खोल्न असमर्थ भए ।

ओपनर कुशल भुर्तेलले २५ रन बनाए भने रोहित कुमार पौडेलले २ रन बनाएर आउट भए । पीएनजीका तर्फबाट सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने चाड सपर, अकुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV