२१ चैत्र २०७८, सोमबार

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेर नयाँ कीर्तिमान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा उनले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाए ।

यससँगै उनको हालसम्म टी–२० मा १ हजार रन पूरा भएको छ । यसरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

जारी खेलमा दिपेन्द्रले पीएनजीविरुद्ध  १३औं ओभरमा २१ रन बनाएका हुन् । यससँगै दिपेन्द्रले हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका छन् । उनले यसै क्रममा १ शतक र ४ अर्धशतककाे रेकर्ड समेत बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV