२१ चैत्र २०७८, सोमबार

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकार ढाल्नेसँग चुनावी गठबन्धन नगर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले भने, ‘एमाले नेतृत्वको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो । उसको नेतृत्वमा सरकार बनाउने काम गर्नेहरुसँग गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उनले एमाले गठबन्धनको पक्षमा नरहेको समेत स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले राप्रपा नेपालसँग चुनावी तालमेल गर्न प्रयास गरिरहेको भन्ने चर्चा भइरहेको बेला नेता पोखरेलले कुनै दलसँग गठबन्धन नगर्ने बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग भएको भेटबारे उनले भने, ‘त्यो भेटघाट सामान्य हो ।’ उनले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV