२१ चैत्र २०७८, सोमबार

एजेन्सी । इटालियन सिरी ‘ए’मा युभेन्टसमाथि इन्टर मिलानले संघषपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले युभेन्टसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउनको लागि पहिलो हाफमा हकान चलहानो ग्लुकोले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक गोल बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

यो जितसँगै इन्टर ३० खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित युभेन्ट्स ३१ खेलबाट ५९ अंक जोडेर चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV