२० चैत्र २०७८, आईतवार

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा ३ जना बालबालिकाको ज्यान गएको छ । आइतबार बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास सिलिन्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । प्रहरीका अनुसार ग्याँस लिक हुँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV