२० चैत्र २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेबाट बाहिरिएका माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनको पेशी चैत २७ गतेका लागि तोकिएको छ ।

आइतबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले दायर रिट निवेदन २७ गतेका लागि पेशीमा तोकेको हो ।

एमालेबाट निस्किएर सजिलै दल दर्ता गर्न दिने निर्वाचन आयोग नेपाल, सभामुख र लुम्बिनीका दुई प्रदेश सांसदलाई विपक्ष बनाइ अध्यक्ष ओलीले सर्वाेच्चमा अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीशद्वयद्वारा जारी आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दा इजलासबाट सुनुवाइको मिति तोकि आज पेसी हुन आएको देखिँदा अर्को सुनुवाइको लागि मिति २०७८ चैत २७ गते को पेसी तोकिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV