२० चैत्र २०७८, आईतवार
  • महेश्वर के.सी.

काठमाडौं । आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूसँग शनिबार साँझ नेपाल आयल निगमले सहमति गरेपछि आन्दोलन फिर्ता भयो । दुई पक्षबीच आन्दोलन नगर्ने विविध सम्झौता पत्रमा सहमति भए पनि आइतबार पेट्रोल पम्पमा पेट्रोल भर्नेहरुको लाइन लामो थियो ।

विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमले ढुवानी भाडा नबढाएपछि व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए । यही कारण पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ भनेर व्यवसायी विश्राम लिएका थिए ।

तर, शनिबार राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता ई. विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि आन्दोलन रोकिएको थियो ।

आन्दोलन रोकेर काममा फर्कने र ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिनभित्र यावत समस्या समाधान गर्ने बताइए पनि आइतबार काठमाडौंका पेट्रोल पम्पमा पेट्रोल भर्नेहरुको लाइन लामो देखिन्थ्यो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV