२० चैत्र २०७८, आईतवार

उदयपुर । उदयपुर जिल्लाको बेलाका नगरपालिकामा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो ।

जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत २१ गते देखि खेल सञ्चालन हुने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए ।

खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा दुई बिभागीय टोली एपीएफ र आर्मी सहित सबै प्रदेश बाट खेलाडीहरुको सहभागीता रहने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण पत्र तथा ट्रफीले सम्मन गरिनेछ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने र अनुमानित १५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV