७ चैत्र २०७८, सोमबार

काठमाडौं । १३२ जना सवार रहेको चाइना इस्टर्न एयरलाइन्सको जहाज सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा दुर्घटनामा परेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् । दुर्घटनाग्रस्त स्थल हेर्दा पुरै डढेलो लागेको जस्तो देखिन्छ ।

बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेको थियो । हाल उक्त ठाउँमा उद्धार कार्य चलिरहेको छ भने उद्धारका लागि ५८८ वटा अग्निनियन्त्रक पठाइएको छ।

जहाज दुर्घटनामा परेको वरपर जहाजका टुक्राटुक्रा, रुख र बाँसहरू जलेर खरानी भएका छन् । हाल उद्धार कार्य जारी रहेकाले घटनाबारे यकिन जानकारी बाहिर आएको छैन ।

LIVE TV