२ चैत्र २०७८, बुधबार

ललितपुर । ललितपुरको पौराणिक श्री हरसिद्धी भवानीको १२ वर्षे नाच शताब्दीपछि यस वर्ष यही चैत्र २१ गतेदेखि २४ गतेसम्म दोलखामा नचाइने भएको छ ।

ललितपुर जिल्लाको हरसिद्धि मन्दिरको गुठियार तथा देवगण खलकले करिब एक शताब्दीपश्चात् दोलखाको अभयपुर शहरको तल्लो टोलमा अवस्थित बहिर टोलमा रहेको चक्र डबलीमा हरसिद्धि देवी नाच पुनः देखाउने भएको छ ।

उक्त नाचको व्यवस्थापनको लागि भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीको प्रमुख आतिथ्य र सोही नगरपालिका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ एवं श्री हरसिद्धी नाच मुल व्यवस्थापन समितीका अध्यक्षको सभापतीत्वमा छलफल सम्पन्न भएको छ ।

उक्त छलफल भेलाबाट प्रविण प्रधानको संयोजकत्वमा श्री हरसिद्धी भवानी सहयोग समन्वय समिती गठन गरिएको छ । प्रविण प्रधानको संयोजकत्व बसेको बैठकले १२ वर्षे श्री हरसिद्धि भवानी नाच काठमाडौं दोलखा समन्वय समितीको कार्य बिभाजन गरिएको छ ।

जस अन्तर्गत उपेन्द्र प्रधानको सयोजकत्वमा प्रचारप्रसार विभाग गठन गरिएको छ । जसको सदस्यहरु कृष्ण नारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, अनिलचन्द्र श्रेष्ठ, रामभक्त श्रेष्ठ र त्रिलोचन प्रधान रहेका छन् । बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
सदस्यहरुमा भल्ला मास्के, बिष्णु लक्ष्मी श्रेष्ठ, सकुना श्रेष्ठ, हेमराज श्रेष्ठ, श्यामचन्द्र श्रेष्ठ, संजिव श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन् । यसै गरी शान्त श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन समितीमा गठन गरिएको छ ।

यसैगरी सदस्यहरुमा देवेन्द्र नारायण प्रधान र राजेश श्रेष्ठ, र रामेश्वर श्रेष्ठ रहेका छन् । कलावती श्रेष्ठको संयोजकत्वमा पूजा व्यवस्थापन सहयोग समितीमा गठन गरिएको छ । जसमा सदस्यहरु प्रकाश श्रेष्ठ, यजु श्रेष्ठ, विश्व श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन् ।

LIVE TV