२९ फाल्गुन २०७८, आईतवार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले अबैध रुपमा भन्सार छली गरी ल्याएको एक करोड भन्दा बढीको मेडिकल सामग्री तथा मालबस्तुहरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन–पत्र विनाको मेडिकल सामग्री तथा खुद्रा मालबस्तुहरू लोड गरिएको प्रदेश १–०२ २००१ ख ९२५२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त ट्रक वीरगञ्जबाट काठमाडौं लादै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक सडकखण्डमा शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याइएको मेडिकल सामग्री तथा खुद्रा मालबस्तुहरू फेला परेको थियो ।

बरामद गरिएको समानहरुको रू. एक करोड ६० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV