२९ फाल्गुन २०७८, आईतवार

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किदा ३ जनाको निधन र १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १ जना महिला र २ जना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि चितवनस्थित मेडिकल लैजाने क्रममा ३ जनाको निधन भएको प्रहरीले जनाएको छ ।

घाइते भएका १० जनाको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV